बागमती

बस्तीको बीचमा रहेको कवाडी गोदाम हटाउँदै काठमाडौँ महानगर

इकागज |
बैशाख २७, २०८१ बिहीबार १७:५४ बजे

फाइल फाेटाे

काठमाडौँ - काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका कवाडी गोदाम हटाउने कार्यलाई तीव्रता दिएको छ । 

वस्तीका बीचमा रहेका कवाडी गोदामका कारण जोखिम उत्पन्न भएको भन्दै महानगरले महानगरभित्र रहेका कवाडी गोदाम हटाउने कार्यलाई तीव्रता दिएको हो ।


यसैक्रममा महानगरले बिहीबार वडा न‍ २९ अनामनगरमा रहेको कवाडी स्थानीय जनप्रतिनिधि र महानगर प्रहरी बलद्वारा हटाएको छ । महानगर प्रहरीले डोजर प्रयोग गरेर कवाडी गोदाम भत्काएको हो । 

गोदाम खाली गर्न पटक पटक सूचना दिँदा पनि अटेर गरेकाले डोजर प्रयोग गरेर हटाउनुपरेको महानगर प्रहरीले जनाएको छ । यता कवाडी व्यवसायीले भने तीन दिन अघिमात्रै सूचना आएको र गोदाम हटाउने तयारी गर्दा एक्कासि आएर डोजर लगाएको गुनासो गरेका छन् । 


Author

थप समाचार
x