समाज

गौरीगंगामा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

इकागज |
बैशाख २२, २०८१ शनिबार १९:५१ बजे

धनगढी- कैलालीको गौरीगंगामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको छ ।

गौरीगंगा नगरपालिका–५ लालीगुराँस टोलकी ४१ वर्षीया लक्ष्मी सिजापतीको मृत्यु भएको हो । उनको घर नजिकै रहेको शिवशक्ति सामुदायिक वनमा माटो खन्नेक्रममा माटोको ढिस्कोमा च्यापिएर मृत्यु भएको हो ।


सिजापतीको पोष्टमार्टम गरी शव उनका आफन्तले बुझिसकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कबिन्द्रसिंह बोहराले बताए ।


Author

थप समाचार
x