समाज

कांग्रेसका नेता तथा पूर्वमन्त्री सुर्यमान गुरुङको अन्त्येष्टि

इकागज |
बैशाख २७, २०८१ बिहीबार १४:५२ बजे

काठमाडौँ - उपचारका क्रममा मंगलबार निधन भएका कांग्रेसका नेता तथा पूर्वमन्त्री सुर्यमान गुरुङको अन्त्येष्टि गरिएको छ । 

बिहीबार पशुपति आर्यघाटमा गुरुङको अन्त्येष्टि गरिएको हो । त्यसअघि प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पशुपति आर्यघाट पुगेर गुरुङप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । 


त्यसअघि विभिन्न दलका नेता, सांसद, शुभेच्छुक लगायत आर्यघाट पुगेर गुरुङप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । काठमाडौंको हिमाल अस्पतालमा मंगलबार ८४ वर्षको उमेरमा उनको उपचारका क्रममा निधन भएको थियो ।

विसं २०७० सालमा नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद बनेका गुरुङ विसं २०७३ मा श्रम तथा रोजगारमन्त्री समेत बनेका थिए । 


Author

थप समाचार
x