नेकपा एमाले १०औँ महाधिवेशन

एमाले महाधिवेशनः राती नौ बजेदेखि एक बजेसम्म मतदान

इकागज |
मंसिर १३, २०७८ सोमबार १५:५६ बजे

चितवन- एमालेको ३०१ केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यमध्ये निर्विरोध हुन नसकेका पदमा सोमबार राति नौ बजेदेखि एक बजेसम्म मतदान हुने भएको छ । 

निर्वाचन आयोगको संशोधित कार्यतालिका अनुसार मतदानको कार्यक्रम पुनः पछि धकेलिएको हो । 


निर्वाचन प्रक्रियासँगै सर्वसहमतिको प्रयास भइरहेका बेला निर्वाचन समितिले निर्वाचन कार्यक्रम संशोधन गर्दै मतदानको समय निर्धारण गरेको हो । संशोधित कार्यतालिका अनुसार सोमबार अपरान्ह तीन बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुनेछ । 

अध्यक्ष, उपाध्यक्ष र सचिवसहित केही केन्द्रीय सदस्यका पदमा निर्विरोध हुन सकेको छैन । अधिकांश क्लस्टरबाट निर्वाचित हुनेहरू निर्विरोध निर्वाचित भइसकेका छन् । 

आवश्यकताभन्दा बढी उम्मेदवारी दर्ता भएका पदमा सहमतिको प्रयास जारी राखिएका कारण निर्वाचन कार्यतालिकामा संशोधन गर्नु परेको निर्वाचन समितिले जनाएको छ । 


Author

थप समाचार
x