प्रवास

एनआरएनए अमेरिकाले एक करोड बढीको स्वास्थ्य सामाग्री सहयोग गर्ने

अमेरिकी सरकारले ढुवानी गरिदिने

इकागज |
भदौ ९, २०७८ बुधबार ८:४८ बजे

काठमाडौँ -  गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले सरकारलाई एक करोड रुपैयाँ बढीको स्वास्थ्य सामाग्री सहयोग गर्ने भएको छ । कोभिड–१९ महामारी विरुद्धको अभियानमा सरकारलाई सहयोग पुर्‍याउने लक्ष्यका साथ १० लिटरका अक्सिजन कन्सन्टेटर, पीपीई सेट, मास्कलगायतका स्वास्थ्य उपकरण र सामाग्री सरकारलाई सहयोग गर्ने भएको हो। अमेरिकाको युटाह राज्यबाट संकलित सहयोग सामाग्री अगष्ट २७ तारिख नेपाल पठाइने एनआरएनए अमेरिकाले जनाएको छ । 

स्वास्थ्य उपकरण र सामग्रीको ढुवानी अमेरिकी सरकारले गरिदिने भएको छ । अमेरिकाको डिपार्टमेन्ट अफ डिफेन्स अन्तरगतको मानवीय सेवाका लागि ढुवानी सहयोग डेन्टोन कार्यक्रममार्फत सहयोग सामग्री नेपाल पठाउन लागिएको हो । एनआरएनए अमेरिकालाई अमेरिकी सरकारको डेन्टोन कार्यक्रमसम्म जोड्न डेन्टोन कार्यक्रमसँग गैर आवासीय नेपाली सङ्घ अमेरिकाको सम्बन्ध जोडिनुलाई राम्रो उपलब्धिको रूपमा लिइएको छ । 



Author

थप समाचार
x