प्रवास

एनआरएनए चुनावमा समन्वय गर्न कांग्रेसले खटायो आठ नेता

इकागज |
असोज १७, २०७८ आइतबार ८:५५ बजे

काठमाडौं - गैरआवासीय नेपाली संघ(एनआरएनए)को आसन्न दशौं महाधिवेशनमा लोकतान्त्रिक समूहलाई विजयी बनाउन भन्‍दै समन्वयका लागि नेपाली कांग्रेसले आठ नेतालाई जिम्मेवारी दिएको छ । कांग्रेस केन्द्रीय कार्यालयकाअनुसार विभिन्न पाँच वटा क्षेत्रमा ती नेताहरूले समन्वयकारी भूमिका निर्वाह गर्ने छन् । 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले विदेशस्थित सबै जनसम्पर्क समितिका अध्यक्ष तथा संयोजकहरूलाई नेताहरूको नामावलीसहित पत्राचार गरेका छन् ।  


कांग्रेसले यसअघि नै संघको निर्वाचनमा कुल आचार्य नेतृत्वको लोकतन्त्रवादी समूहलाई समर्थन जनाउने निर्णय गरिसकेको छ । आचार्यले १० असोजमा काठमाडौंमा विशेष समारोहको आयोजना गरी अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । 


Author

थप समाचार
x