कला

कलाकार राजु महोत्रा झुण्डिएको अवस्थामा मृत फेला

इकागज |
असोज ७, २०७९ शुक्रबार १२:३८ बजे

काठमाडौँ - बुटवलका कलाकार राजु महोत्रा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । देवीनगरस्थित आफ्नै निवासमा राति २ बजेतिर झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

करिब ३५ वर्षीय महोत्रा बिहीबार साँझ गायक नन्दु परियार लगायतसँग आफ्नै घरमा खाना खाएर सुतेका थिए । महोत्राको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रदेशिक अस्पताल पुर्‍याएको र घटनाबारे अनुसन्धान अघि बढेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।


उनले दर्जनौं म्युजिक भिडियो निर्माण र अभिनय गरेका छन् । 
 


Author

थप समाचार
x