कला

करिनाले १२ करोड मागेपछि नयाँ सीता खोज्दै निर्माता

इकागज |
जेठ २४, २०७८ सोमबार १६:४३ बजे

मुम्बई :  बलिउडमा प्राचीन ग्रन्थमाथि धमाधम फिल्म बनिरहेको छ । महाभारतका विभिन्न पात्र माथि फिल्म बनिरहेका छन् भने निर्माता आँखा ‘रामायण’मा पनि छन् । धेरै समय अघिदेखि निर्माताले यो ‘रामायण’लाई पर्दामा उतार्ने प्रयास गरिरहेका छन् यसका लागि ऋतिक रोशन र महेशबाबुलाई साइन गरिसकेको समाचारमा दाबी गरिरहेको छ ।

यसमा महेशबाबुले रामको भूमिका निर्वाह गर्ने र ऋतिकले रावणको भूमिका जिवन्त पार्ने बताइएको छ । तर, लामो समयदेखि निर्माताले सीता भने भेटिइरहेका थिएनन् । उनीहरूले सीताका लागि दीपिका पादुकोन वा करिना कपुरलाई लिने प्रयास गरिरहेको चर्चा थियो । 


बलिउड हंगामाले लेखेको समाचारअनुसार यो दौडबाट अहिले करिना र दीपिका दुवै बाहिरिएका छन् । दुवैमध्ये दीपिका के कारणले बाहिरिइन् ? जानकारी आएको छैन तर करिना भने टन्न पैसा मागेका कारण फिल्मबाट बाहिरिएको बताइएको छ ।

करिनाले यो फिल्मको पटकथा रुचाए पनि फिल्म खेल्नलाई १२ करोड मागेकी थिइन् । खरिनाले आफूले लिइरहेको भन्दा दोब्बर पैसा मागेपछि निर्माता नयाँ हिरोइनको खोजीमा लागेका हुन् । करिनाले यसअघि एउटा फिल्ममा ६÷७ करोड लिइरहेकी थिइन् । पैसाबाहेक करिनाले ७÷८ महिनायता समय पनि दिन नसक्ने बताएकी थिइन् । किनकि यो फिल्म अघि उनले ‘वीरे दि वेडिङ’ र हंसल मेहताको फिल्म सक्नुपर्नेछ । यतिबेलै करिना दोस्रो बच्चा जन्माएर बसिरहेकी छिन् । 


Author

थप समाचार
x