कला

ओस्कार कलेजमा नाटक 'रिफन्ड' प्रदर्शन, आइतबार अन्तिम दिन

इकागज |
चैत १, २०८० बिहीबार २१:३१ बजे

काठमाडौँ- ओस्कार इन्टरनेशनल कलेजले नाटक 'रिफन्ड' प्रदर्शन भइरहेको छ ।

डान्स फिबरद्वारा प्रस्तुति उक्त नाटकमा कलेजका विभिन्न ब्याचमा अभिनय विशिष्टीकरणमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको छ ।


ओस्कार इन्टरनेशनल कलेजको साधना घर थिएटरमा प्रदर्शन भइरहेको उक्त नाटक 'रिफन्ड' गत फागुन २७ गते आइतबारबाट सुरु भएको हो । कलेजले विद्यार्थीहरूको यस प्रयासलाई आएर हेरी हौसला दिन सबैमा आव्हान गरेको छ ।

यस नाटक नेपालमा अध्ययन हुने कक्षा ११ को अनिवार्य अङ्ग्रेजी विषयको पाठ्यक्रम अन्तर्गत रहेको छ । नाटक फागुन २७ गते आइतबार नियमित रूपमा साँझ ५ बजे मञ्चन भइरहेको छ । 

नाटक दैनिक ३ देखि ५ वटामा देखाइँदै छ । नाटक देखाइने अन्तिम दिन आगामी आइतबारसम्म रहेको कलेजले जनाएको छ । कलेजका अनुसार थुप्रै कलाकारहरूले नाटकलाई हेरेर राम्रो प्रतिक्रिया समेत दिएका छन् । यो नाटक सबैले एकपटक हेर्नै पर्ने उनीहरूको भनाइ छ ।​

'११ कक्षाको अनिवार्य अङ्ग्रेजी विषयमा रहेको नाटक भएको हुँदा ११ कक्षामा पढ्ने विद्यार्थीहरूलाई विशेष रूपमा यो नाटक हेर्न नछुटाउनु हुनु आव्हान गर्दछौँ,' कलेजले भनेको छ ।


Author

थप समाचार
x