कला

‘असुर २’ फ्लोरमा, अरसद वारसी र वरुण सोबतीले निरन्तरता दिने

इकागज |
साउन १, २०७८ शुक्रबार १५:२८ बजे

मुम्बई :  नामै नसुनेको ओटीटी प्लेटफर्म भुट सेलेक्टमा रिलिज भएर पनि चर्चामा रहन सफल वेब सिरिज ‘असुर’को दोस्रो भाग फ्लोरमा गएको छ । विज्ञान र मिथको सम्मिश्रण गरी बनाइएको क्राइम थ्रिलर विधाको यो वेब सिरिज सन् २०२० मा रिलिज हुँदा सामाजिक सञ्जालमा तरङ ल्याउन सफल भएको थियो ।

‘सेक्रेड गेम्स’को चर्चाको बीच पनि यसलाई धेरैलाई रुचाएका थिए र यसको दोस्रो भाग आउनु पर्ने माग गरेका थिए । अन्ततः यो सिरिज फ्लोमार गएको छ । यसका मुख्य अभिनेता अरसद वारसीले ट्वीट गर्दै यसको जानकारी दिएका छन् । 


थुप्रै उत्कृष्ट फिल्मको हिस्सा रहँदै आएका अरसद वारसीले यही सिरिजमार्फत ओटीटीमा डेब्यु गरेका थिए । अनुसन्धान अधिकृतको भूमिका निर्वाह गरेका अरसदलाई वरुण सोबतीले साथ दिएका थिए । दोस्रो भागमा पनि यो जोडी निरन्तर रहनेछ । सिरिजमा रिधी डोगरा, अनुप्रिया गोयन्का, शरिब हासमी आदि कलाकारको अभिनय रहेको थियो र दोस्रो सिजन पनि उनीहरूले निरन्तरता पाउनेछन् । 


Author

थप समाचार
x