कला

नेफ्टामा ‘छक्का पञ्जा ३’ र ‘प्रसाद’ को दोहोरो हयाट्रीक, नायक\नायिकामा बिपिन र मेनुका उत्कृष्ट

इकागज |
चैत १, २०७७ आइतबार १०:४४ बजे

काठमाडौं :  शनिबार साँझ सम्पन्न नेफ्टा अवार्डमा ‘छक्का पञ्जा ३’ ले दोहोरो हयाट्रीक गरेको छ । नाचगानको प्रस्तुतिका बीच सम्पन्न अवार्डमा फिल्मले कथा, पटकथा, निर्देशक, हास्य अभिनेता, पपुलर फिल्म, उत्कृष्ट फिल्म, गरी ६ विधामा अवार्ड जितेको थियो ।

अवार्ड समारोहमा कथा र पटकथाका लागि यो फिल्मबाट दीपकराज गिरी विजेता बने भने दीपाश्री निरौला निर्देशकमा । यही फिल्मबाट केदार घिमिरेले हास्य अभिनेताको अवार्ड जिते भने २०७५ सालमा सर्वाधिक व्यापार गरेको फिल्म लोकप्रिय चलचित्रसँगै उत्कृष्ट चलचित्र पनि मानियो । 



‘छक्का पञ्जा ३’ हाराहारीमै  ‘प्रसाद’ले पनि अवार्ड जित्यो ।  फिल्मले संगीत विधाका चार, संवाद र अभिनेतामा एक एक मा एक गरी कुल ६ अवार्ड जित्यो । ‘जाउँ माया सरर’बोलको गीतबाट गायक केतन क्षेत्री, संगीतकार सुभाष भुसाल, एरेन्जर उदयराज पौडेल र रचनाकार गणेशप्रसाद शाहले अवार्ड जिते ।

यही फिल्मबाट सुशील पौडेलले संवाद विधाको अवार्ड जितेका थिए । ‘हरि’बाटसमेत उत्कृष्ट अभिनेताको मनोनयनमा परेका  बिपिन कार्कीले पनि ‘प्रसाद’बाटै उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । उत्कृष्ट अभिनेत्रीको अवार्ड भने ‘साइली’का लागि मेनुका प्रधानले पाइन् । 

संगीततर्फ ‘प्रसाद’ले छाडेको गायिका तर्फको अवार्ड प्रविशा अधिकारीले ‘ए मेरो हजुर ३’का लागि जितिन् । ‘ए मेरो हजुरले’ ३ विधामा अवार्ड जित्दै ‘‘छक्का पञ्जा ३’ र ‘प्रसाद’लाई पछ्यायो । फिल्मबाट सुहाना थापाले डेब्यु अभिनेत्रीको अवार्ड जितिन् भने कविराज गहतराजले यही फिल्मबाट नृत्य निर्देशकको अवार्ड जिते । यही फिल्मबाट साहिल खानले पनि उत्कृष्ट ट्रेलर बनाएकोमा अवार्ड पाए । 


कार्यक्रममा दुई जनालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको थियो । आआफ्नो विधामा लामो समय योगदान गरेको भन्दै साउन्ड इन्जिनियर प्रदीप उपाध्याय र प्रकाश व्यवस्थापक नारायण तिमल्सिनालाई ५१ हजार नगदसहित दीर्घ साधना सम्मान प्रदान गरियो ।  सोल्टी होटलमा भएको अवार्ड कार्यक्रम ड्रीम हाइ नेपालको व्यावस्थापनमा सम्पन्न भएको थियो । 


अवार्ड विजेता कलाकार तथा प्राविधिकको नाम यसप्रकार रहेको छ । 
अभिनेता - बिपिन कार्की (प्रसाद)
अभिनेत्री - मेनुका प्रधान (साइँली)
निर्देशक - दीपाश्री निरौला (छक्का पञ्जा ३)
फिल्म - छक्का पञ्जा ३
कथा - छक्का पञ्जा ३
पटकथा - छक्का पञ्जा ३ (दीपकराज गिरी)
संवाद - सुशिल पौडेल (प्रसाद)
सह–अभिनेत्री (महिला) - सुरक्षा पन्त (गोपी)
सह–अभिनेता (पुरुष)  - अनुप बराल (डमरुको डन्डिबियो)
अभिनेता–नेगेटिभ रोल  - प्रमोद अग्रहरी (कथा काठमाण्डू्)
अभिनेता कमेडी - केदार घिमिरे (छक्का पञ्जा ३)
डेब्यु अभिनेत्री (महिला) - सुहाना थापा (ए मेरो हजुर ३)
डेब्यु अभिनेता (पुरुष) -  धीरज मगर (इन्टु मिन्टु लन्डनमा)
डेब्यु निर्देशक - संगीता श्रेष्ठ (कथा काठमाडौं)
पपुलर अभिनेत्री -  साम्राज्ञी शाह
पपुलर अभिनेता - अनमोल केसी
पपुलर फिल्म  - छक्का पञ्जा ३
जुरी अवार्ड फिल्म - हरि

गीतकार : जाऊँ माया सरर, गणेश शाह (प्रसाद)
संगीत : जाऊँ माया सरर, सुवास भुषाल (प्रसाद)
एरेन्जर : जाऊँ माया सरर, उदयराज पौडेल (प्रसाद)
गायक : जाऊँ माया सरर, केतन क्षेत्री (प्रसाद)
गायिका : प्रविशा अधिकारी, (ए मेरो हजुर ३)

सम्पादक - मित्र गुरुङ (कथा काठमाडौं)
छायांकार - चिन्तनराज भण्डारी (हरी)
द्वन्द्व निर्देशक - चन्द्र पन्त (रणवीर)
नृत्य निर्देशक - कविराज गहतराज (ए मेरो हजुर ३)
ट्रेलर -साहिल खान (ए मेरो हजुर ३)
भीएफएक्स - रोमियो एन्ड मुना
रङ संयोजन - अर्जुन कार्की (हरी)
आदिवासी जनजाति -  प्राङ्गना (तामाङ फिल्म)
लाइफटाइम अचिमेन्ट – प्रदीप उपाध्याय
लाइफटाइम अचिमेन्ट – नारायण तिमल्सिना


Author

थप समाचार
x