अटो

हुन्डाईको ‘ह्वील्स अफ चेन्ज’ एक्सचेन्ज अफर योजना

इकागज |
साउन १८, २०८० बिहीबार १४:४० बजे

काठमाडाैँ–  नेपालमा हुन्डाई गाडीहरूको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि.ले ‘ह्वील्स अफ चेन्ज’ नामक एक्सचेन्ज अफर योजना ल्याएको छ । साउन १८ बाट सुरु हुने उक्त योजना हुन्डाई नेपाल अन्तर्गतको हुन्डाई प्रमिसको सहकार्यमा पाँच प्रतिष्ठित कार एक्सचेन्ज बिक्रेताहरूसँगको साझेदारीमा ल्याइएको हो । 

आफ्नो कुनै पनि ब्राण्डको गाडी ल्याएर हुन्डाईको इन्धनयुक्त वा विद्युतीय उत्पादनसँग एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ । यस अन्तर्गत काठमाडौँ अटोमोबाइल सेन्टर, बाबा बसेरा अटो ग्रुप प्रा.लि., आर के अटो सेन्टर, श्रेया अटो इन्टरप्राइजेज र रेसिङ्ग अटोमोबाइल इन्टरप्राइजेज गरी ५ प्रतिष्ठित एक्सचेन्ज पार्टनर्सहरूसँग सहकार्य गरेको छ । यो योजना नेपालभरी नै लागू हुने भएकोले उपत्यका बाहिर यो योजनामा सहभागी हुन आफ्नो नजिकैको हुन्डाईको शोरुममा जान सकिनेछ ।


उक्त योजनाले ग्राहकहरूलाई हुन्डाईको विभिन्न उपलब्ध मोडलहरूमा  पाँच लाख रुपैयाँसम्मको नगद छुट एक लाख पचास हजार रुपैयाँसम्मको एक्सचेन्ज बोनस र पच्चीस हजार रुपैयाँसम्मको एसेसरिज पनि प्राप्त गर्न सक्ने छन् ।

एक्सचेन्ज पार्टनर र हुन्डाई शोरुममा गएर हुन्डाई गाडीको टेस्ट ड्राइभ गरी आकर्षक उपहारहरू पनि जित्न सकिने कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । योजना स्थलमै तुरुन्तै पुरानो गाडीको मूल्याङ्कन गरी छिटो छरितो माध्यमद्वारा यो एक्सचेन्ज योजना सफल बनाउन हुन्डाई प्रतिबद्ध छ । 

यस एक्सचेन्ज योजना सहभागी भई हुन्डाईका कम्प्याक्ट एसयूभी, एसयूभी, ईभी तथा ह्याचब्याकमध्येबाट आफ्नो रोजाई र आवश्यकता अनुसार छनौट गर्न सक्नेछन् । सबै हुन्डाईका गाडीमा तीन वर्ष वारेन्टी र ६ वर्षको फ्रि सर्भिसिङ उपलब्ध छ । 


Author

थप समाचार
x