अटो

हुन्डाईको 'फेष्टिभ डिलाइट २०८०' सार्वजनिक

इकागज |
भदौ २२, २०८० शुक्रबार १५:८ बजे

काठमाडौँ– हुन्डाई गाडीको लागि नेपालका आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. दशैँ – तिहार लक्षित ‘फेष्टिभ डिलाईट २०८०’ योजना सार्वजनिक गरेको छ ।

ग्राहकहरूले योजना अन्तर्गत कुनै पनि हुन्डाई गाडीको खरिदमा ६ लाखसम्मको नगद छुट, स्क्र्याच कार्ड मार्फत थप एक लाखसम्मको नगद छुटका साथै १ वर्षको लागि निःशुल्क सवारी वीमा तथा सवारी कर सुविधा प्रदान प्राप्त गर्न सक्नेछन् ।


कम्पनीले दशैँ तिहार विशेष परम्परा कायम राखि १ जना भाग्यमानीले हुन्डाइ ‘एसयूभी’ लक्की ड्र मार्फत प्राप्त गर्न सक्ने जनाइएको छ ।

आजदेखि सुरु भएको हुन्डाई फेष्टिभ डिलाइट २०८० योजनामा आउँदै गरेको नाडा अटो शोमा गाडी खरिद गर्नेले पनि यस योजनामा सहभागिता जनाउन योग्य हुनेछन् ।

नाडा अटोशो २०२३ मा हुन्डाईको ‘बी ५’ स्टल भ्रमण गरेर हुन्डाईका विभिन्न उत्पादनहरूको अवलोकन गरी आफ्ना जिज्ञासाहरू पनि मेट्न सक्नेछन् । आउँदो मङसिर ३ (छठ पर्व) सम्म लागु हुने गरी हुन्डाईका सबै गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्री सर्भिसिङ्ग उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


Author

थप समाचार
x