बैंक-वित्त

केही सहकारीमा मात्रै समस्या हो, सबैमा छैन : सहकारी महासंघ

इकागज |
भदौ २३, २०७९ बिहीबार १७:४४ बजे

काठमाडौँ - राष्ट्रिय सहकारी महासंघले नगन्य सहकारी संस्थामा देखिएको समस्यालाई लिएर समग्र सहकारी अभियानप्रति नै अविश्वास सिर्जना हुने खालको क्रियाकलाप भइरहेकोमा महासंघको गम्भिर ध्यानाकर्षण भएको छ । महासंघले हाल केही सहकारीमा समस्या देखिएको र त्यसको असर समग्र सहकारी क्षेत्रमा अविश्वस सिर्जना हुने खाले क्रियाकलाप भएको भन्दै आपत्ती जनाएको हो । 

एक विज्ञप्ति जारी गर्दै महासंघले कोभिड १९ महामारी, रूस युक्रेनबीचको युद्ध तथा बढ्दो व्यापार घाटाले मुलुकको अर्थतन्त्रमा पारेको प्रभावका कारण बैंक/वित्तीय संस्थामा लगानीयोग्य रकमको अभाव भइ केही सहकारीमा परेको असरले पछिल्लो समयमा सहकारी अभियानका विषयमा आम समुदायको चासो बढेको छ । नगन्य सहकारी संस्थामा देखिएको समस्यालाई लिएर समग्र सहकारी अभियानप्रति नै अविश्वास सिर्जना हुने खालको क्रियाकलाप भइरहेकोमा महासंघको गम्भिर ध्यानाकर्षण भएको  जनाएको छ।


सहकारी संघ/संस्थाले सदस्य केन्द्रित कारोवार मात्र गर्ने भएकोले सामान्यतया तरलताको अभाव नरहेको तथ्य जानकारी गराउँदै वाह्य हल्ला भएजस्तो गम्भीर समस्या नभएकोले आफू आवद्ध संस्थासँग नियमित सम्पर्कमा रही निश्चिन्त भएर सेवा लिन महासंघले अनुरोध गरेका छ।

सहकारी संस्थाहरू स्व: नियमन र सुशासनमा संचालन हुनुपर्ने भएकोले संघ/संस्थाको क्रियाकलाप तथा सेवालाई नीति, विधि र प्रविधिमैत्री बनाउन हुन सम्पूर्ण संघ/संस्थालाई अनुरोध गरेको छ ।


Author

थप समाचार
x