बैंक-वित्त

एनआईसी बैंकका ग्राहकले अब मोबाइल एपबाटै दुई लाखसम्म ऋण लिन सक्ने

इकागज |
फागुन १२, २०७९ शुक्रबार १६:४४ बजे

काठमाडौं–एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ्ग एपबाटै डिजिटल रुपमा कर्जा प्रदान गर्ने गरी ‘फोन लोन’सेवा शुभारम्भ गरेको छ । ग्राहकहरूले मोबाइल एपमार्फत बिना कुनै कागजी प्रक्रिया, धितो एवं भौतिक रुपमा बैंकका शाखा उपस्थित नभई अधिकतम दुई लाखसम्मको पूर्वस्वीकृत कर्जाको लाभ उठाउन सक्ने गरी यस्तो सेवाको शुभारम्भ गरिएको हो ।

बैंकले ल्याएको यस नयाँ सेवाबाट ग्राहक महानुभावहरूले एकदेखि १२ महिनासम्मको मासिक किस्ताबन्दीमा कर्जा प्राप्त गर्न सक्नेछन् । 


यस बैंकमा रहेको तलब बचत खाता, नियमित कारोबार एवं यस बैंकमा बक्यौता कर्जा नरहेको लगायत अन्य केही शर्त एवं मापदण्डको आधारमा ग्राहक महानुभावहरूले कर्जा सेवा उपभोग गर्न सक्ने बैंकले जनाएको छ । साथै, उक्त मापदण्डहरुबारे एपले नै स्वचालित रुपमा ग्राहक महानुभावको कर्जा प्राप्त गर्ने योग्यता मापन गरी सम्बन्धित ग्राहक महानुभावले कर्जा प्राप्त गर्ने वा नगर्ने अवस्थाको निक्र्यौल गर्नेछ र कर्जा लिन योग्य ग्राहकको मोबाइल  एपमा कर्जा आवेदन दिने विकल्प देखिने व्यवस्था बैंकले गरेको छ ।


Author

थप समाचार
x