बैंक-वित्त

महालक्ष्मी विकास बैंकका ग्राहकले एपोलो डाइग्नोस्टिक सेन्टरमा के-के पाउँछन् छुट ?

इकागज |
पुस १९, २०८० बिहीबार ११:१ बजे

काठमाडौँ- महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ धुमबाराहीमा रहेको एपोलो डाइग्नोस्टिक सेन्टरसँग सम्झौता गरेको छ ।

सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट वा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले उक्त संस्थाका विभिन्न स्वास्थ्य सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।


सेवाहरू छुट
Health Packages २५ प्रतिशत
Routine Tests २५ प्रतिशत
Outsource Tests १० प्रतिशत
COVID-19: RT-PCR Test एक हजार रूपैयाँ
COVID-19: Rapid Antigen Test ७५० रूपैयाँ

सहकार्यबाट बैंकका डेविट वा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रुपमा लाभान्वित हुने विश्वास बैंकले लिएको जनाएको छ । साथै डिजिटल युगसँग नेपाली जनतालाई साक्षत्कार गराउने उद्देश्यले बैंकले विभिन्न शाखाहरूबाट वित्तीय जनचेतनामुलक कार्यक्रमहरू सञ्‍चालन गर्दै आएको जनाएको छ । 


Author

थप समाचार
x