बैंक-वित्त

कामना बैंक र सार्वजनिक खरिद अनुगमन कार्यालयबीच सम्झौता

इकागज |
फागुन ३, २०८० बिहीबार १४:१६ बजे

काठमाडौँ- कामना सेवा विकास बैंक र सार्वजनिक खरिद अनुगमन कार्यालय ताहाचालबीच सार्वजनिक खरिद प्रयोजनको लागि बोलपत्र बापतको बैंक जमानत सम्बन्धी कागजात प्रमाणीकरण सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र सार्वजनिक खरिद अनुगमन कार्यालयका तर्फवाट कार्यालयका सह–सचिव विष्णु प्रसाद शर्माले हस्ताक्षर गरेका छन् । 


सम्झौता पश्चात सरकारी निकायहरूबाट सार्वजनिक खरिदको लागि आव्हान गरिने बोलपत्र बापतको बैंक जमानत (Bank Guarantee) कामना सेवा विकास बैंकबाट लिई अनलाईनमार्फत सम्बन्धित निकायमा पेश गर्न सक्नेछन् ।

बैंकका ग्राहकहरुले बैंक जमानत लिई सोसँग सम्बन्धित कागजातहरू अनलाइन माध्ययद्वारा पेश गरेपश्चात बैंकले उक्त कागजातहरू प्रमाणीकरण गर्नेछ । सम्झौताले बैंकका ग्राहकहरूलाई सरकारी बोलपत्रमा सहभागी हुन र बैंक जमानत लिन थप सहज भई बैंकको व्यवसायमा समेत टेवा पुग्ने विश्वास बैंकले लिएको जनाएको छ ।


Author

थप समाचार
x