आमचुनाव २०७९

धनुषा ४ (१) मा कांग्रेसका यादव विजयी

इकागज |
मंसिर १०, २०७९ शनिबार १०:३४ बजे

जनकपुरधाम- मधेश प्रदेश सभा सदस्यतर्फ धनुषा क्षेत्र नम्बर ४ को (१) बाट नेपाली कांग्रेसका शेषनारायण यादव १ हजार ४४९ मतको मतान्तरले विजयी भएको छ ।

पछिल्लो मतपरिणाम अनुसार शेषनारायण यादवले १४ हजार ५५  मत ल्याएका छन भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका सन्तोषकुमार यादवले १२ हजार ६०६ मत ल्याई दोस्रो र जनता समाजवादी पार्टी (जसपा) का ज्ञानेन्द्रकुमार यादव ८ हजार १९६ मत ल्याएर तेस्रो भएका छन् ।


जसपाका ज्ञानेन्द्र यादव जसपाका सचिव एवं प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानून मन्त्री हुन् ।


Author

थप समाचार
x