आमचुनाव २०७९

सत्ता गठबन्धन

नुवाकोटमा गठबन्धनको क्लिन स्वीप, चितवन प्रतिनिधिसभामा पत्तासाफ

इकागज |
मंसिर १०, २०७९ शनिबार १२:५३ बजे

मकवानपुर- आमनिर्वाच २०७९ मा बागमती प्रदेश अन्तरगत नुवाकोट जिल्लामा सत्ता गठबन्धनले क्लिन स्वीप गरेको छ । 

दुई निर्वाचन क्षेत्र रहेको नुवाकोटमा प्रतिनिधि र प्रदेश सभागरी ६ जनाको लागि भएको प्रत्यक्ष निर्वाचनमा सबै सिटको अन्तिम मत परिणाम घोषणा भएको छ । जस अनुसार नुवाकोटमा सत्तारूढ गठबन्धन दलका सबै उम्मेदवार विजयी बनेका छन् ।


नुवाकोट प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका अर्जुननरसिंह केसी २८ हजार १०७ मत प्राप्त गरी विजयी भएका छन् ।  क्षेत्र नम्बर २ प्रदेश सभा १ मा नेपाली काँग्रेसका बहादुर सिंह लामा १७ हाजर २४९ मत प्राप्त गरेर विजयी बने ।

त्यसैगरी नुवाकोट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश २ मा माओवादी केन्द्रका राधिका तमाङ विजयी भएकी छिन् । बागमती प्रदेशको पूर्व सभामुख तामाङले १६ हजार १६९ प्राप्त गरिन् ।

यससँगै नुवाकोटका दुवै निर्वाचन क्षेत्रको नतिजा सत्तारूढ गठबन्धनको पक्षमा गएको छ ।

नुवाकोट प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा सत्तारूढ गठबन्धनका तर्फबाट माओवादी केन्द्रका हितबहादुर तामाङ विजयी भएका छन् । क्षेत्र नम्बर १ निर्वाचन अधिकृतको कार्यालयद्धारा घोषित परिणाम तथा नतिजा अनुसार २६ हजार ५४८ मत प्राप्तगरी हितबहादुर तामाङ विजयी भएका हुन् ।

उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार बद्री मैनालीले २३ हजार ४६३ मत प्राप्त गरेका थिए ।

यता चितवन जिल्लामा भने प्रतिनिधि सभामा गठबन्धन क्लिन स्वीप भएको छ । चितवन १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल विजयी भएका छन् भने २ बाट पनि यसै पार्टीका रवि लामिछाने विजयी भए । ढकालले ३३ हजार १८९ मत ल्याएर नेकपा एमालेका सुरन्द्र पाण्डेलाई ७ हजार ५८१ मतको अन्तरमा पराजित गराए ।

यसैगरी लामिछानेले ४९ हजार २६४ मत ल्याएर काँग्रेसका उमेश श्रेष्ठलाई ३४ हजार २८१ मत अन्तरमा पराजित गराए । चितवन १ मा गठबन्धनका उम्मेदवार विश्वनाथ पौडेल तेस्रो स्थानमा पुगे भने चितवन २ मा गठबन्धन निकट प्रतिष्पर्धामा चित बुझाउन बाध्य भयो ।

यता चितवन ३ मा पनि गठबन्धन पराजित भएको छ । गठबन्धनका भोजराज अधिकारी ९ हजार ६९१ मतले पछि परे । यो क्षेत्रमा राप्रपामा विक्रम पाण्डेले जित हासिल गरे । उनले ३४ हजार ३ ६२ मत ल्याए । चितवनमा प्रदेश सभातर्फको मतपरिणाम भने गणना जारी छ ।


Author

थप समाचार
x