सिनेमा

दया र मिरुनाको ‘नाङ्गो गाउँ’ भदौ २९ मा रिलिज हुने

इकागज |
बैशाख १०, २०८० आइतबार १४:५२ बजे

काठमाडौँ-  तीजलाई लक्षित गर्दै फिल्म ‘नाङ्गो गाउँ’को प्रदर्शन मिति तय गरिएको छ । यो फिल्म भदौको २९ गतेबाट नेपालसहित विश्वभर यो फिल्म रिलिज हुनेछ ।

दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा दयाहाङ राई, मिरुना मगर, कार्म साम्राज्ञी राज्यलक्ष्मी शाह, शिशिर वाङ्देल, वुद्दि तामाङ, रविन्द्र झाको मुख्य भूमिका छ । हिमाल शर्माको प्रस्तुतिमा तयार भएको फिल्ममा जय श्रेष्ठको लगानी छ । सार्वजनिक फस्टलुकमा निर्माणपक्षले कुनै पनि कलाकारको तस्वीर प्रयोग गरेको छैन ।


पोष्टर हेर्दा राजनीतिक पृष्ठभूमिमा फिल्म बनेको अनुमान लगाउन सकिन्छ । फिल्म ‘कबड्डी ४ र जारी’ चलेपछि दया र मिरुनाको जोडीको चर्चा पनि ह्वात्तै बढेको छ । यसैले, यो फिल्मप्रति दर्शकको चासो पनि फस्टुलक सार्वजनिक भएसँगै बढ्ने निश्चित छ । निर्देशक दीपेन्द्र लामाले फिल्मको कथावस्तु गाउँ केन्द्रित रहेको बताए । फिल्मले सामाजिक कथावस्तुलाई बलियो तरिकाले प्रस्तुत गरेको उनको भनाइ छ । 

दया र मिरुना अभीनित जारीले अपत्यारिलो व्यापार गरेपछि निर्माण टिम यसको सफलताले घरेलु र विदेशी बजारमा प्रभाव पर्ने अपेक्षामा छ । दया-मिरुना अभीनित यो तेस्रो फिल्म हुनेछ ।


Author

थप समाचार
x