सिनेमा

भूकम्प पीडितलाई ५० हजार सहयोग गर्ने अभिनेता पल शाहको घोषणा

इकागज |
कात्तिक १८, २०८० शनिबार १२:३९ बजे

काठमाडौं - अभिनेता पल शाहले जाजरकोट भूकम्प पीडितलाई सहयोगको घोषणा गरेका छन् । गए राति जाजरकोटमा गएको भूकम्पमा परी जनधनको क्षति भोगेका परिवारजनलाई उनले ५० हजार सहयोगको घोषणा गरेका हुन । 

‘जाजरकोटमा गएको भूकम्पले धेरै मानवीय र भौतिक क्षति भएकाले मैले तत्कालका लागि ब्यक्तिगत रूपमा रू पचास हजार (५०,०००) हाम्रो टिम नेपालमार्फत सहयोग गरेको छु,’ उनले आफनो घोषणामा भनेका छन, ‘हाम्रो टिम राहत र स्वास्थ्य टोलिसहित जाजरकोट जाँदैछ।’ 


धेरै घरहरू भत्केकाले धेरै नागरिकहरू खुला आकाशमुनि बस्न र खानपिनको व्यवस्थापन नभएको र घाइतेहरूलाई छिटो उद्वार गर्ने सम्बन्धी निकायलाई अनुरोध गरेका अभिनेता शाहले यस दुखको घडीमा सम्पूर्ण नेपालीहरू एक भएर उद्धार र सहयोग गर्न अनुरोधसमेत गरेका छन् ।

 


Author

थप समाचार
x