कर्पोरेट

डाबर नेपालले दियो काठमाडौं बाल स्वास्थ्य संस्थानलाई ३० लाख अनुदान

इकागज |
फागुन १७, २०७९ बुधबार १३:५५ बजे

काठमाडौँ - डाबर नेपालले काठमाडौं बाल स्वास्थ्य संस्थान (KIOCH)लाई ३० लाख रुपैयाँ अनुदान प्रदान गरेको छ । नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले नेपालमा गुणस्तरीय बालचिकित्सा हेरचाह उपलब्ध गराउन काठमाडौं बाल स्वास्थ्य संस्थानलाई डाबर नेपालले ३० लाख सहयोग गरेको हो । डाबर नेपालले काठमाडौँ इन्स्टिच्युट अप चाइल्ड हेल्थसँग सम्झौता गरेको हो ।

नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग गर्ने उदेश्यका साथ, डाबर नेपालले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत अनुदान गरेको डाबर नेपालले जनाएको छ ।



Author

थप समाचार
x