कर्पोरेट

नेपाल लाइफको क्यासव्याक अफर सार्वजनिक

इकागज |
बैशाख ८, २०८० शुक्रबार १४:५१ बजे

काठमाडौं– नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २३ वर्षमा प्रवेश गरेको अवसरमा क्यास व्याक अफर सार्वजनिक गरेको छ । वैशाख महिना भरि बीमा शुल्कको नवीकरण ई(सेवा मार्फत भुक्तानी गर्ने ग्राहकले ५% वा २३० रुपैयाँसम्मको क्यासव्याकको अफर ल्याइएको हो ।

सूचना प्रविधिको विकाशसँग आफ्ना ग्राहक तथा अभिकर्ताहरुलाई साक्षात्कार गराउन यो अफर सञ्चालनमा ल्याइएको हो । कम्पनीले बीमाशुल्क नवीकरणका लागि विभिन्न भुक्तानी सेवा प्रदायकहरु ई(सेवा, खल्ती, फोन(पे, कनेक्ट आइ.पी.एस, आई एम ई पे र प्रभु पे सँग सम्झौता गरेको छ । यस कम्पनीका ग्राहकहरुले घरै बसी बसी आफ्नो प्रिमियम भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ । 


कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुलीले घर बाट नै सहज र सरल तरिकाले प्रिमियम तिर्दा समयको बचत हुनुको साथ साथै कारोबार सुरक्षित समेत हुने बताए । आगामी दिनमा कम्पनीलाई झन् प्रविधि मैत्री बनाई ग्राहक महानुभावहरुलाई छिटो, छरितो, चुस्त र दुरुस्त सेवा प्रवाह गर्न कम्पनी लालायित रहेकोसमेत पराजुलीले बताए ।

२०५८ साल वैशाख २१ गते स्थापित यस कम्पनीले २२ वर्षमा दरमियानमा विभिन्न आरोह अवरोह पार गर्दै कम्पनीले आफ्ना सेवाग्राहीहरु तथा ग्राहकहरूका लागि देशभर फैलिएका आफ्ना हाल करिब १ सय ९२ कार्यालय सञ्जालहरू मार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ । ग्राहकहरूको हितलाई ध्यानमा राखी यस कम्पनीले समयसापेक्ष आवश्यक थप सेवा तथा सुविधाहरुसमेत उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ । 


Author

थप समाचार
x