कर्पोरेट

शुभ गृहमा ‘एडमिसन विक अष्ट्रेलिया’  हुँदै

इकागज |
बैशाख ८, २०८० शुक्रबार १६:११ बजे

काठमाडौं । सुभगृह इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीको आयोजनामा ‘एडमिसन विक अष्ट्रेलिया’ हुने भएको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श लगायतका सेवा प्रदान गर्दै आइरहेको सुभगृहले अप्रिल २३ देखि २८ सम्म कार्यक्रम गर्न लागेको हो ।

उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई लक्षित गरी कार्यक्रम गर्न लागिएको सुभगृहका प्रवन्ध निर्देशक सुभेन्द्र थापाले जानकारी दिए । नयाँ बानेश्वरस्थित थापागाउँमा रहेको सुभगृहको कार्यालयमा एडमिसन विक कार्यक्रम हुनेछ ।
अष्ट्रेलियास्थित प्रशिद्ध युनिभर्सिटी तथा कलेजका प्रतिनिधिहरुको सहभागितामा कार्यक्रम हुनेछ । उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीका लागि कार्यक्रम निकै प्रभावकारी हुने उनले बताए ।

अन द स्पट एडमिसन, आयल्स र पिटिइ कक्षमा ५० प्रतिशत छुट लगायत सुविधा विद्यार्थीले प्राप्त गर्नेछन् । लक्की ड्रका आधारमा ट्याब्लेट, मोबाइल र मुभी टिकट जित्न सकिने जनाइएको छ ।


 


Author

थप समाचार
x