कर्पोरेट

सुजुकीका सवारी खरिद गर्न कुमारी बैंकले ऋण दिने

इकागज |
बैशाख ८, २०८० शुक्रबार १७:२१ बजे

काठमाडौं– कुमारी बैंक लिमिटेड र सी जी मोटर कोर्पकाबीच ग्राहकहरूलाई सुजुकी ब्रान्डका सवारी साधन खरिदका लागि कर्जा प्रदान गर्ने सम्झौता भएको छ ।
सवारी साधनको लोकप्रियता नेपालमा बढिरहेको र सोही अनुरूप आफ्ना ग्राहकहरूको माग पूरा गर्न कुमारी बैंक लिमिटेडले आफ्ना देशव्यापी शाखाहरूबाट सहज रुपमा सुजुकी ब्रान्डका सवारी साधनहरू खरिदका लागि कर्जा उपलब्ध गराउने भएको हाे ।

यस सहकार्य पश्चात् कुमारी बैंकका ग्राहकहरूले अब नेपालको कुनै पनि सुजुकीका डिलरहरूबाट सवारी साधन खरिद गर्दा कुमारी बैंक लिमिटेडबाट सजिलै बिजक मूल्यको ७०% सम्म कर्जा प्राप्त गर्न सक्नेछन् साथै सो कर्जा ८ वर्ष अवधिसम्मका लागि लिन मिल्ने प्रावधान गरिएको छ ।


कुमारी बैंकले आफ्ना देशव्यापी ३०४ शाखा सञ्जाल, २९५ एटिएम, ६२ शाखारहित बैंकिङ्ग ईकाई तथा ४८ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरू दिँदै आएकोे र आगामी दिनहरूमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।  
 


Author

थप समाचार
x