कर्पोरेट

‘माउन्ट केटु’ आरोहणमा पूर्णिमा श्रेष्ठलाई आइएमई र आइएमई पेको साथ

इकागज |
असार १, २०८० शुक्रबार २०:१३ बजे

काठमाडौँ– ‘माउन्ट केटु’ आरोहणमा फोटो पत्रकार पूर्णिमा श्रेष्ठलाई आइएमई र आइएमई पेको साथ हुने भएको छ । नेपाली महिला हिमाल आरोही पूर्णिमा श्रेष्ठ, पाकिस्तानको काराकोरम क्षेत्रमा अवस्थित ८००० मिटर माथिका ५ हिमालहरू चढ्न जाँदै छिन् । 

पूर्णिमाको यस प्रयासलाई सम्मान र साथ दिँदै ’आइएमई’ र ’आइएमई पे’ ले पूर्णिमाको आरोहण अभियानमा आर्थिक सहयोग गर्ने भएको हो ।


विश्वका सबै भन्दा उच्च १४ वटा शिखरहरू चढ्ने लक्ष्य राखेकी पूर्णिमाले काराकोरम हिमशृङ्खलाको पाँच विभिन्न शिखर आरोहण गर्ने क्रममा विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटु  पनि आरोहण गर्न लागेकी हुन् । 

७५ दिन लामो सो आरोहण यात्रा जेठ ३० पश्चात् सुरु हुनेछ ।

संसारको १४ उच्च शिखर आरोहण गर्ने नेपाली नारी हुने तथा युवा तथा महिला सशक्तीकरण गर्ने लक्ष्यका साथ पूर्णिमाले आफ्नो आरोहण यात्रा सुरु गरेकी हुन् । 

पूर्णिमाले ६ वर्ष अघि पर्वतारोहणको यात्रा सुरु गरेकी हुन् । उनले नेपालमा रहेका ८००० मिटर माथिका ७ वटा शिखरहरू आरोहण गरी सकेकी छिन् । 


Author

थप समाचार
x