कर्पोरेट

लक्ष्मी बैंक लिमिटेडको विशेष साधारणसभा

इकागज |
असार ३, २०८० आइतबार १६:४३ बजे

काठमाडौँ– काठमाडौँमा लक्ष्मी बैंक लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । 

आइतबारको साधारण सभाले लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडबीच १ः१ को शेयर अनुपातमा मर्जर गर्ने विशेष प्रस्ताव पारित गरेको हो । 


सभाले मर्जरका लागि गरिएको अन्तिम सम्झौता अनुमोदन गर्नुका साथै मर्जर पश्चात् वृद्धि हुने शेयर पुँजी तथा परिवर्तन हुने सञ्चालक समितिको संरचना बमोजिम बैंकको प्रबन्ध पत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।  

साथै आगामी असार मसान्तभित्रै नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिस्ट्रारको कार्यालयको अन्तिम स्वीकृत लिई दुवै बैंक गाभिई एकीकृत कारोबार सुरु गर्ने बैंकको लक्ष्य रहेको बताइएको छ ।


Author

थप समाचार
x