कर्पोरेट

एनसेलले ल्यायो आकर्षक भ्वाइस प्याक

इकागज |
असार ३, २०८० आइतबार १७:८ बजे

काठमाडौँ– एनसेलले आकर्षक अनलिमिटेड भ्वाइस प्याक ल्याएको छ । 

एनसेलका ग्राहकले अब नेपालका कुनै पनि मोबाइल नम्बरमा कल गर्न मिल्ने अनलिमिटेड अल–नेटवर्क र एनसेलकै नम्बरहरूमा कल गर्न मिल्ने अनलिमिटेड टकटाइमका प्याकहरूबाट फाइदा लिन सक्छन् । 


एनसेल आजियाटा लिमिटेडले ग्राहकहरूको सञ्चार सेवाका लागि सुलभ दरमा सेवा लिन सकिने गरी तीन अनलिमिटेड भवाइस प्याकहरू सञ्चालनमा ल्याएको जनाएको छ ।
    
प्रिपेड र पोष्टपेड दुवै सेवाका ग्राहकले प्रयोग गर्न सक्ने यी अनलिमिटेड टकटाइम रहेका प्याकहरू  यही जेठ ३२ बाट सञ्चालनमा आएका हुन् । 

आफ्नो भवाइस सेवाको आवश्यकता अनुसार ग्राहकले एक दिने अल–नेट अनलिमिटेड भ्वाइस प्याक, एक दिने अन–नेट अनलिमिटेड भ्वाइस प्याक वा सात दिने समयासीमा रहेको अन–नेट अनलिमिटेड भवाइस प्याक लिन सक्ने बताइएको छ ।
 
ग्राहकले एष्ट्रिक्स १७११८ एष्ट्रिक्स १ एष्ट्रिक्स ५ ह्यास डायल गरि यो प्याक लिन सक्छन् । त्यसै गरी एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ३ एष्ट्रिक्स ४ ह्यास डायल गरी एनसेलका अन्य नम्बरहरूमा २४ घन्टासम्म अनलिमिटेड कल गर्न सकिने एक दिने अन–नेट अनलिमिटेड टकटाइम करसहित ३० रुपैयाँमा सुचारु गर्न सक्नेछन् । 
 
आफ्ना ग्राहकहरूलाई सुलभ दरमा सेवा प्रदान गर्ने कम्पनीको प्रतिबद्धता अनुसार यी अनलिमिटेड भवाइस प्याकहरू ल्याइएको एनसेलले जनाएको छ । 


 


Author

थप समाचार
x