कर्पोरेट

महालक्ष्मी विकास बैंकका ग्राहकलाई छुटको बहार

इकागज |
असार ४, २०८० सोमबार १८:११ बजे

काठमाडौँ– महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकहरूलाई विभिन्न सेवाहरूमा छुट उपलब्ध हुने भएको छ । 

बैंकले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट साथै कला क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरूसँग सम्झौता गरेको हो ।    


सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्नेले उक्त संस्थाका सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बताइएको छ । 

बैंकका ग्राहकहरूले विशालनगर, काठमाडौंमा अवस्थित ‘एरोजिन हेल्थ केयर’का सेवाहरूमा पाँच देखि अधिकतम ४५ प्रतिशत छुट हुने बताइएको छ ।

इटहरी, सुनसरीको 'होटल पाथीभरा इन्टरनेशनल'मा र , इटहरी–६मा अवस्थित 'बर्गर हाउस एण्ड क्रन्चि फ्राइड चिकेन'का सेवाहरूमा क्रमशः १०–१० प्रतिशत छुट हुने बताइएकाे छ। 

मैतीदेवी काठमाडौंमा अवस्थित 'बुँइगल लन्ज एण्ड बार'का सेवामा १५ प्रतिशत र 'बर्गर हाउस एण्ड क्रन्चि फ्राइड चिकेन'का सेवाहरूमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिने बताइएको छ ।

साथै लाजिम्पाट, काठमाडौंमा अवस्थित ‘ऐलो हात्ती’का सेवाहरूमा अधिकतम १० प्रतिशत छुट हुने बताइएको छ । 

 


Author

थप समाचार
x