कर्पोरेट

सानिमा बैंकका ग्राहकलाई नागरिक अस्पतालमा छुट

इकागज |
असार ७, २०८० बिहीबार १८:४० बजे

काठमाडौं - सानिमा बैंकले नागरिक कम्युनिटि टिचिङ्ग हस्पिटल, गठ्ठाघर, भक्तपुरमा छुटको व्यवस्था गरेको छ । 

उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट÷क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा विशेष छुट पाउने भएका छन् ।


सानिमा बैंकका ग्राहकहरुले औषधि र शल्यक्रियासम्बन्धी शुल्कहरुमा १० प्रतिशत र फिजियोथेरापी, दन्त, भेन्टिलेटर, ल्याब टेस्ट, एक्सरे, इसीजी, युयसजी, इको, आँखा र बेड शुल्कहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैकले जनाएको छ । 

यसैगरी बैंकले ग्राहकहरुलाई विभिन्न छूट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको बैंकले आज जारी गरेको विज्ञप्तिमा छ । 

सानिमा बैंकको देशको सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२२ वटा एटिएम् संचालनमा रहेका छन् । 
 


Author

थप समाचार
x