कर्पोरेट

चीनका राजदूतद्वारा सीजी मोटर्स शोरुम उद्घाटन

पहिलो इभि ट्याक्सी र माइक्रोबस हस्तान्तरण

इकागज |
असार १०, २०८० आइतबार १६:५८ बजे

काठमाडौँ– पोखराको आर्चलबोट चोकमा सीजी मोटर्स(नेटा ) शोरुम शुभारम्भ भएको छ । नेपालका लागि चीनका राजदूत छन् सङले एक समारोहका बीच शोरुमको उद्‍घाटन गरेका हुन् । 

उद्घाटनको अवसरमा राजदूत सङले नेपाल तथा चीनको अटुट मैत्री सम्बन्धमा जोड दिँदै सीजी मोटर्सलाई सफलताको शुभकामना व्यक्त गरे । उक्त उद्‍घाटन समारोहमा सीजी मोटर्स प्रा. लि. का प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालका साथै अन्य पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो । 


राजदुत सङले नेपालमा डिजेल तथा पेट्रोल गाडीलाई विस्थापित गर्दै सार्वजनिक यातायातमा इभि गाडी को फाइदा धेरै नै रहेको कुरा व्यक्त गरे । नेपालमा ग्रीन इनर्जीको सम्भावना अध्ययन गर्न र आत्मनिर्भरता तिर जान चीनले सहयोग गर्ने बताए । 

साथै नेपाल सरकारसँगको सहकार्यमा प्रमुख राजमार्ग तथा ठूला शहरहरूमा चार्जिङ स्टेसनको विकास गर्ने बताए । 

सीजी मोटर्स प्रा. लि.का प्रमुख कार्यकारी अधिकृत हेमन्त अग्रवालका अनुसार अब पोखरावासीले सहज रुपमा नेटा भी को अनुभव गरी खरिद गर्न सक्ने बताए ।


Author

थप समाचार
x