कर्पोरेट

सानिमाका ग्राहकलाई दराजमा सामान किन्दा विशेष छुट

इकागज |
साउन ३, २०७८ आइतबार ११:१९ बजे

काठमाडौँ : सानिमा बैँकका ग्राहकलाई अनलाइन सपिङ पोर्टल दराजले 'महाबचत बजार योजना'अन्तर्गत विशेष छुट दिने भएको छ । बैंकले दराज केयमुसँगको सहकार्यमा बैँकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्तालाई दराजबाट सामान खरिद गर्दा छुट दिने भएको हो ।

दराजको महाबचत योजना अन्र्तगत बैँकका ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम १५ सय रुपैँया सम्म छुट प्राप्त गर्न सक्नेछन् । बैँकद्धारा सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, 'क्रेडिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा २० प्रतिशत वा अधिकतम २ हजार रुपैँया छुट हुने छ ।' बैंकका अनुसार यो योजना साउन ३ देखी ७ गतेसम्म लागु हुनेछ ।



Author

थप समाचार
x