कर्पोरेट

ज्योति विकासको ‘ज्योति स्मार्ट सेभिङ्स’ बचत खाता

इकागज |
साउन १९, २०७८ मंगलबार १२:९ बजे

काठमाडौँ - ज्योति विकास बैंकले सेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानीकर्ताहरूलाई लक्षित गर्दै शुन्य मौज्दातमा बचत, हितग्राही खाता (डिम्याट खाता) र मेरो सेयर लगायतको ३ वटै सुविधा भएको ज्योति स्मार्ट सेभिङ्स बचत योजना सार्वजनिक गरेको छ।

बचतसँगै डिम्याट खाता र मेरो सेयर सुविधा लिई लगानी गर्न सहज तथा सरल गराउने उद्देश्यले ग्राहककालागि ज्योति स्मार्ट सेभिङ्स खाता सञ्‍चालनमा ल्याएको बैंकले जानकारी दिएको छ । यस खातामा ग्राहकहरूले शुन्य मौज्दातमै नि:शुल्क डिम्याट खाता र पहिलो वर्षको सेवा शुल्क, नि:शुल्क मेरोसेयर रजिस्ट्रेशन शुल्क, नि:शुल्क सि-आस्वा,  नि:शुल्क मोबाईल बैंकिङ सेवा, नि:शुल्क इन्टरनेट बैंकिङ सेवा र  नि:शुल्क डेबिट कार्डको सुविधा दिने उल्लेख छ ।

यसका साथै बचत खातामा महिला निक्षेपकर्ताहरुको लागि ज्योति लकर सुविधाको बार्षिक सेवा शुल्कमा ५० प्रतिशत छुट र धितो रकममा ३० प्रतिशत छुटको सुविधाहरू पनि छन् । ज्योति स्मार्ट सेभिङ्स खाता बैंकको सम्पूर्ण १०५ शाखाहरू र अनलाइनमार्फत पनि खोल्न सकिने छ । ज्योति विकास बैंक ग्राहक केन्द्रित भई ग्राहकको आवश्यकता र मागलाई अनुसरण गर्दै नवीनतम सुविधाहरू ल्याई ग्राहकहरुको बैंकसँगको कारोबारलाई थप दीर्घकालिन र प्रभावकारी बनाउन सक्रिय रहँदै आएको छ ।



Author

थप समाचार
x