कर्पोरेट

सानिमा बैंकले दियो १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी

इकागज |
भदौ १, २०७८ मंगलबार १२:५७ बजे

काठमाडौँ - सानिमा बैंकले सानिमा दिर्घायु बचत योजना अन्तर्गत १० लाख रुपैयाँको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ । खातावाला हिम प्रकाश घर्ती पुनको दुर्घटना भई मुत्यु भएकोले उनका हकवाला पत्नी तनमाया घर्ती पुनलाई सानिमा दिर्घायु बचत योजना अन्तर्गत बीमा रकम प्रदान गरिएको हो । 

बीमाको रकम घर्तीपुनलाई बैंकको अमरसिंह शाखाका शाखा प्रबन्धक वीरेन्द्र लाल श्रेष्ठले प्रदान गरे । मृतक हिम प्रकाश घर्ती पुनले सानिमा बैंक अमरसिंह शाखामा सानिमा दिर्घायु बचत खाता खोलेका थिए ।

सानिमा बैंकले दिर्घायु बचत योजना अन्तर्गत १० लाखको दुर्घटना बीमा, ३ लाख सम्मको ६ जटिल रोगको उपचार बीमा, ५० हजार रुपैयाँसम्मको स्वास्थ बीमा र पाँच हजार रुपैयाँसम्मको स्वास्थ जाँच सुविधा प्रदान गर्दै आइरहेको छ ।



Author

थप समाचार
x