कर्पोरेट

चाडपर्वमा वेस्टर्न युनियनको 'क्यास उत्सव'

इकागज |
असोज ४, २०७८ सोमबार १२:२४ बजे

काठमाडौँ- वेस्टर्न युनियनले चाडपर्वको अवसरमा 'क्यास उत्सव' योजना ल्याएको छ । योजना अन्तर्गत साप्ताहिक 'ड्र'मार्फत हरेक हप्ता २० हजारसम्म जित्न सकिने वेस्टर्न युनियनले जनाएको छ । योजना अन्तर्गत ग्राहकहरूले असोज १ गतेदेखि कार्तिक २५ गतेसम्म साप्ताहिक 'ड्र' र बम्पर लक्की 'ड्र'मार्फत नगद पुरस्कार जित्न सक्ने युनियनले जनाएको छ ।

योजनामा सहभागी हुन नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्ट, ए.टि.टि रेमिट, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट , नबिल बैंक, डिजिटेक. र सूर्य रेमिटबाट रकम प्राप्त गरेको हुनुपर्ने युनियनले जनाएको छ ।


योजनाको बम्पर लक्की 'ड्र' मंसिर ६ गते हुने युनियनले जनाएको छ । लक्की 'ड्र' अन्तर्गत १ जना भाग्यशालीले ग्राहकले ५ लाख रूपैयाँ  प्राप्त गर्ने वेस्टर्न युनियनले जनाएको छ ।


Author

थप समाचार
x