कर्पोरेट

रियलमी ८-आइ नेपालमा  सार्वजनिक

इकागज |
असोज २५, २०७८ सोमबार १६:३५ बजे


काठमाडौँ - रियलमीले हालै आफ्नो नयाँ स्मार्टफोन ‘रियलमी ८-आइ’ नेपाली बजारमा ल्याएको छ।   पुरानो ‘रियलमी-८’ सिरिजका स्मार्टफोनले बजारमा राम्रो व्यापार गरेपछि कम्पनीले नयाँ मोडल सार्वजनिक गरेको हो। 

‘रियलमी ८–आइ’मा ६।६० इन्चको डिस्प्ले छ, जसमा १२० हर्जको रिफ्रेस रेट छ। यसबाट प्रयोगकर्ताले अल्ट्रा–स्मुथ अनुभव लिन सक्ने कम्पनीले बताएको छ। 
यो फोनमा तीनवटा क्यामरा छ, जसमा ५० मेगापिक्सलको मुख्य क्यामरासहित २ मेगापिक्सलका अन्य दुई क्यामरा छन्। यसको सेल्फी क्यामरा भने १६ मेगापिक्सलको छ। 


मिडियाटेक हेलियो जी-९६ प्रोसेसर भएको यस स्मार्टफोनमा ४ जिबीको र्याम छ, जुन पछि ७ जिबीसम्म बढाउन सकिन्छ। साथै यसमा ६४ जिबीको आन्तरिक स्टोरेज छ। 
यो फोनमा पाँच हजार एमएएच ब्याट्री छ। यो ब्याट्रीले १८ वाटको फास्ट चार्जिङ समर्थन गर्छ। फोन एकपटक पुरा चार्ज गरेपछि प्रयोगकर्ताले ४० घण्टासम्म फोनमा कुरा गर्न सक्ने, एक हजार दुई सय बीस गीतहरु सुन्ने सक्ने र १८ वटा फिल्म हेर्न सक्ने कम्पनीको भनाइ छ। 

चार जिबी र्याममा ६४ जिबी आन्तरिक स्टोरेज भएको ‘रियलमी ८-आइ’को मूल्य २३ हजार सात सय ९९ रुपैँया तोकिएको छ। यसैगरी ६ जिबी र्याममा १२८ जिबी आन्तरिक स्टोरेज भएको मोडलको मूल्य २७ हजार एम सय ९९ रुपैँया छ।


Author

थप समाचार
x