अदालत

घामजस्तै छर्लङ्ग घटनामा न्यायाको भिख माग्नु दुःखको कुराः प्रेम चलाउने

इकागज |
असार ५, २०८० मंगलबार १४:१५ बजे

फाइल फोटो

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको धर्नालाई ऐक्यवद्धता जनाउन जिल्ला अदालत, काठमाडौं पुगेका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गरेको छ । 

मंगलवार ब्यानरसहित चलाउनेको धर्नामा ऐक्यवद्धता जनाउन जिल्ला अदालत काठमाडौं पुगेका केही व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


आफूमाथि निर्घात कुटपिट गर्ने नेविसंघका कार्यकर्ताको मुद्दा फिर्ता लिने सरकारको निर्णयविरुद्ध चलाउने सोमबार साँझदेखि धर्नामा बसेका छन् । 

धर्नास्थलमा  वैशाखी टेकेर पुगेका उनले घामजस्तै छर्लङ्ग घटनामा न्यायाको भिख माग्नु दुःखको कुरा भएको बताए । उनले  आफू पीडित हो की होइन भन्नेकुरा अदालतले भन्नुपर्ने बताए । उनले अदालतले दिनलाई रात र रातलाई दिन बनाउन नहुने बताए । 

उनले मुद्दा फिर्ता लिने कुरा आफूलाई नसोधीकन लिइएको बताए । उनले सरकार अपराधीको पक्षपोषणमा
लागेको र अपराधीहरुले राजनीतिकरण गरेको बताए । उनले प्राध्यापकमाथि दिन दहाडै आक्रमण हुँदा न्यायको मजाक उडाइएको बताए ।  

उनले अपराधीले सञ्चारमाध्यममा गएर अभिव्यक्ति दिनुले नेपालमा न्याय मरेको अनुभुति भएको बताए । 


Author

थप समाचार
x