अदालत

संवैधानिक परिषद्‌को बैठक बस्दै, होला त प्रधानन्यायाधीश सिफारिस ?

इकागज |
साउन १८, २०८० बिहीबार ७:३९ बजे

फाइल तस्बिर

काठमाडौँ- सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ती प्रक्रिया अघि बढाउन आज संवैधानिक परिषद्‌को बैठक बस्दैछ । 

गत मंगलबार पहिलो पटक बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न नसकेको बैठक आज बोलाइएको हो । बैठक साँझ ५ बजे बस्नेछ । 


आज बस्ने बैठकले सम्भवतः प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने बताइएको छ । 

साउन २० गतेदेखि हालका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिने र सर्वोच्च अदालत पहिला झैँ कायममुकायमको भरमा चल्ने अवस्था सिर्जना भएपछि संवैधानिक परिषद्‌ बैठक बस्न लागेको हो ।


Author

थप समाचार
x