अदालत

प्रस्तावित प्रधानन्यायधीशविरुद्ध उजुरी आव्हान, १० दिनको समयसिमा

इकागज |
साउन २४, २०८० बुधबार ८:४६ बजे

काठमाडौँ- प्रस्तावित प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठविरुद्ध उजुरी आब्हान भएको छ । 

संघीय संसद्‌ अन्तर्गतको संसदीय सुनवाई समितिले संवैधानिक परिषद्‌ले हालै सर्वोच्च अदालतको प्रधानन्यायधीशका लागि सिफारिस गरिएका श्रेष्ठविरुद्ध उजुरी आब्हान गरेको हो ।


नेपालको प्रधानन्यायधिस पदमा देहाय बमोजिम (श्रेष्ठ) का व्यक्तिको नियुक्तीको लागि संवैधानिक परिषद‌्‌बाट सिफारिस भई संसदीय सुनवाईका लागि समितिमा पत्र आएको जनाउँदै उक्त समितिले उक्त पदमा उनलाई नियुक्ती गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एबम सबुत प्रमाणसहित १० दिनभित्रमा उजुरी दिन अनुरोध गरिएको हो । 


Author

थप समाचार
x