अदालत

प्रतिनिधि सभा विघटन मुद्दा

संवैधानिक इजलास : न्यायाधीशमाथि फेरि प्रश्‍न उठाउने तयारी

इकागज |
जेठ १६, २०७८ आइतबार ७:११ बजे

काठमाडौँ : प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामाथि सर्वीच्च अदालतको संवैधानिक इजलासमा शुक्रबारबाट सुनुवाइ भइरहेको छ । आइतबार पनि यो सुनुवाइले निरन्तरता पाउने छ । आज कानुन व्यवसायीहरूले इजलासका न्यायाधीशमाथि प्रश्‍न उठाउने तयारी गरेका छन् । 

यसअघि शुक्रबार पनि इजलासका न्यायाधीशमाथि प्रश्‍न उठेको थियो। रिट निवेदकतर्फका कानुन व्यवसायी गोविन्द बन्दीले न्यायाधीशमाथि प्रश्‍न उठाएका थिए । अधिवक्ता बन्दीले न्यायाधीश बमकुमार श्रेष्ठ संवैधानिक इजलास बस्‍न नहुने राय दिएका थिए ।


न्यायाधीश श्रेष्ठको इजलासले तत्कालीन नेकपा दुई टुक्रा पारेको भन्दै फेरि उनी नै संवैधानिक इजलासमा हुँदा के हुन्छ भन्दै अधिवक्ता बन्दीले प्रश्‍न गरेका थिए ।आइतबार पनि कानुन व्यवसायीले उनै न्यायाधीश बममाथि प्रश्‍न उठाउने तयारी गरेका छन् ।

आज १० बजेपछि संवैधानिक इजलासले प्रतिनिधि सभा विघटन मुद्दामाथि सुनुवाइ गर्दैछ ।


Author

थप समाचार
x