अदालत

सर्वोच्चमा किन तोकिएन कार्यवाहक प्रधानन्यायाधीश ?

इकागज |
मंसिर १५, २०७८ बुधबार १३:१९ बजे

फाइल फोटो

काठमाडौं - प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा विरामी हुँदै अस्पताल भर्ना भएका छन् । तर सर्वाेच्च अदालतमा कार्यबाहक प्रधानन्यायाधीश तोकिएको अवस्था छैन । चरम विवादको घेरामा तानिएका प्रधानन्यायाधीश राणा कोभिड–१९ संक्रमण  मंगलबारदेखि भर्ना हुन् । राणाको राजीनामा माग्दै झण्डै चालीस दिनदेखि अदालत ठप्प छ ।

राणालाई कोभिड भएपछि स्वभाविक रुपमा मानवीय सम्बन्ध विच्छेद भएको छ । उनले अस्पतालबाटै न्यायालय चलाउन मिल्छ ? भन्‍ने प्रश्न उब्जिएको छ । यद्यपि सर्वाेच्च अदालत बुधबारदेखि गोला प्रथामा गएपछि प्रधानन्यायाधीशको ‘मुद्दा तोक्ने’ महत्वपूर्ण अधिकार कटौति भइसकेको छ । इजलास तोक्नेदेखि मुद्दा तोक्नेसम्म गोला प्रथाबाटै हुन्छ, जहाँ प्रधानन्यायाधीश उपस्थिति जरुरी हुँदैन । तर, न्याय प्रशासन निम्ति कार्यबाहक तोक्दै अधिकार तोक्नुपर्ने हुन्छ ।


सर्वाेच्च अदालतका प्रवक्ता बाबुराम दाहाल ‘प्रधानन्यायाधीशले पूर्णतः विदा लिएको अवस्थामा मात्र कार्यबाहक तोकिने’ उल्लेख गर्छन् । उनका अनुसार, प्रधानन्यायाधीश नेपाल बाहिर जाँदा मात्रै कायममुकायम तोक्ने प्रचलन छ । ‘प्रधानन्यायाधीश विरामी भए पनि नेपालभित्रै हुनुहुन्छ’ दाहालले भने, ‘नेपाललै रहँदा कार्यबाहक तोक्ने प्रचलन छैन । लामो समय विदामा गएमा वा विदेश गएमा कार्यबाहक तोक्ने प्रचलन चाहिँ छ ।’
 


Author

थप समाचार
x