अदालत

नेपालको न्यायालय सक्षम छ भन्‍ने पुष्टि भयो, ओलीले दण्ड पाए : भीमार्जुन आचार्य

इकागज |
फागुन ११, २०७७ मंगलबार १८:२२ बजे

फाइल तस्बिर

काठमाडौँ  :  संविधानविद् डा.भीमार्जुन आचार्यले प्रतिनिधि सभा विघटनविरुद्ध फैसला सुनाएर नेपालको न्यायलय सक्षम छ भन्ने पुष्टि गरेको बताएका छन् ।  इकागजसँग संक्षिप्त कुराकानी गर्दै आचार्यले भने, ‘यो फैसलाबाट नेपालको न्यायलय सक्षम छ भन्ने पुष्टि भयो । न्यायालयको यो साहसलाई सम्मान छ ।’ 
उनले विधिको शासन पुनर्वहाली भएको पनि बताए ।

‘विधिको शासन पुनर्वहाली भएको छ । फैसलाले ओलीलाई दण्ड पनि दियो,’ उनले भने, ‘ विदेशीहरुको क्रिडास्थल बन्नबाट केही हदसम्म जोगियो । नेपालको न्यायलयको र संविधानको साख जोगियो ।’ 
 



Author

थप समाचार
x