कोभिड-१९

काेभिडबाट एकैदिन ३ जनाकाे मृत्यु, २०६ मा संक्रमण

इकागज |
भदौ १७, २०७९ शुक्रबार १७:२ बजे

नेपालमा थप २ सय छ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ५ सय ९५ पिसिआर परीक्षणका क्रममा १ सय ३४ जना र १ हजार २ सय ७४ एन्टिजेन परीक्षणका क्रममा ७२ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण थप ३ जनाको मृत्यु भएको छ भने थप ३ सय ९८ जना निको भएका छन् ।


हाल नेपालमा २ हजार ८ सय ९१ सक्रिय संक्रमित आइशोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x