कोभिड-१९

थप ३२ जनामा कोभिड–१९ संक्रमण पुष्टि

इकागज |
असोज ३०, २०७९ आइतबार १५:३४ बजे

काठमाडौं– नेपालमा थप ३२ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ६ सय ३४ पिसिआर परीक्षणका क्रममा २८ जना र ५ सय २८ एन्टीजेन परीक्षणका क्रममा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।


कोरोनाका कारण आइतबार पनि कसैको मृत्यु भएको छैन भने थप ७ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ६ सय ८८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 


Author

थप समाचार
x