कोभिड-१९

थप ४८ जनामा कोभिड पुष्टि

इकागज |
कात्तिक २, २०७९ बुधबार १८:१५ बजे

काठमाडौं– नेपालमा थप ४८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ८ सय १९ जनाको पीसीआर र ९ सय ६४ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा थप ४८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । थप ५० जना संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा ७ सय २८ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ । 



Author

थप समाचार
x