कोभिड-१९

हिजो ओमिक्रोन पुष्‍टि भएका दुई जनाकाे कोभिड रिपोर्ट नेगेटिभ

अतिन आचार्य |
मंसिर २१, २०७८ मंगलबार १८:१५ बजे

फाइल तस्बिर

काठमाडौँ - नयाँ भेरियन्ट ओमिक्रोनबाट संक्रमित दुई विदेशी नागरिको कोभिड रिपोर्ट नेगेटिभ आएको छ। स्वास्थ्य तथा जनसंख्‍या मन्त्रालयका अनुसार मंगलबार पीसीआर परीक्षण गराउँदा उनीहरु दुवै जनाको रिपोर्ट नेगेटिभ आएको हाे । 

संक्रमित भएका नागरिकहरू अहिले पनि चिकित्सककाे निगरानीमा रहेको मन्त्रालयका सह-प्रवक्ता डा. समीर कुमार अधिकारीले जानकारी दिए ।


अफ्रिकी मुलुकबाट आएका ती दुवै जनामा सोमबार ओमिक्रोन संक्रमण पुष्टि भएको थियो । टेकु प्रयोगशालामा गरिएको जिन्ससिक्वेन्सिङमा उनीहरुमा ओमिक्रोन संक्रमण देखिएको थियो।

 


Author

अतिन आचार्य

वैदेशिक रोजगार, जन-स्वास्थ्य र सामाजिक मामलामा कलम चलाउँने आचार्य संवाददाता हुन् ।


थप समाचार
x