क्रिकेट

नेपाल र युगाण्डाबीचको अन्तिम खेल आज

इकागज |
जेठ ७, २०७९ शनिबार १०:१५ बजे

काठमाडौँ – नेपाली महिला क्रिकेट टिम र पाहुना टोली युगाण्डाबीच जारी ५ खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेल आज हुँदैछ । खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो १ बजेबाट सुरु हुनेछ ।

पाहुना टोली युगाण्डाले सिरिज ३-१ ले जितिसकेको तथा नेपालले सिरिज क्लिन स्विप हुनबाट जोगिसकेको अवस्थामा आजको खेल जित्दै दुबै टिमले सिरिजको सुखद अन्त्य गर्ने चाहन्छ ।


यस अघि युगाण्डाले पहिलो खेल १२ रन, दोस्रो खेल १ विकेट तथा तेस्रो खेल ६ विकेटले जित्दै सिरिजमाथि कब्जा जमाएको थियो । यता नेपालले भने चौंथो खेल १५ रनले जित्दै सिरिज क्लिन स्विप हुनबाट जोगाएको थियो ।


Author

थप समाचार
x