क्रिकेट

नेपालले दियो हङकङलाई ११० रनको लक्ष्य

इकागज |
असार ७, २०७९ मंगलबार १३:२४ बजे

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसीप अन्तर्गत नेपालले हङकङले जितका लागि १ सय १० रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९ रन जोड्यो । 

नेपालका लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक ३२ रन, अप्सरी बेगमले २२ रन, विन्दु रावलले २३, सिता रानामगरले ९, ममता चौधरीले ७ र कविता जोशीले ४ रन बनाए । 


हङकङका लागि बेट्टी चनले २ विकेट तथा एलायसा हुवार्ड र मर्यम बिबिले १-१ विकेट लिए । 

नेपाल यस अघि लगातार तीन खेल जित्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । 
 


Author

थप समाचार
x