क्रिकेट

आइसिसी विश्वकप लिग–२

नेपालले आज यूएईसँग खेल्दै, सन्दिप लामिछाने पनि मैदानमा आउन सक्‍ने

इकागज |
फागुन १८, २०७९ बिहीबार ८:३६ बजे

काठमाडौं - आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दैछ। दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा हुने खेल बिहान पौने १२ बजे सुरु हुनेछ। 

आजबाट नेपाली क्रिकेटका पूर्वकप्तान सन्दीप लामिछाने जोडिने भएका छन् । नाबालिग बलात्कारको मुद्दामा विदेश जान लगाइएको रोकलाई सर्वोच्च अदालतले खारेज गरिदिएपछि हिजोमात्रै युएई गएका लामिछानेले आज युएईविरुद्ध नेपालले खेल्ने खेल आबद्ध हुनेछन् ।


प्रतिश जिसीलाई बाहिर राख्दै स्पिनर ललितनारायण राजवंशी वा सन्दीप लामिछाने मध्य एकलाई खेलाउने सम्भावना रहेको क्यानले जनाएको छ ।

घरेलु मैदान टियुमा अघिल्लो साता नामिबिया र स्कटल्यान्डमाथि शतप्रतिशत जित निकालेको थियो नेपालले युएईमा भएको पहिलो खेलमा पपुवा न्युगिनीलाई ४ विकेटले हराउँदै जीत निकालेको थियो ।

नेपाल र युएईबीच ओडिआईमा कुल ९ खेल भएको छ । जसमा युएई ५ र नेपाल ४ खेलमा विजयी भएको छ । नेपालले गत पुषमा घरेलु मैदान टियुमा भएको तीन ओडिआई खेलको सिरिज २–१ ले जितेको थियो । २०१९ मा पनि युएईलाई उसकै घरेलु मैदानमा सिरिज २–१ ले जितेको थियो ।

युएई २९ खेलमा १३ मा जित र १३ मा हारसहित २९ अंकका साथ पाँचौं स्थानमा छ भने नेपाल २९ खेलमा १३ मा जित र १४ मा हारसहित २८ अंकका साथ छैटौं स्थानमा छ ।

नेपाली टोली:

रोहित पौडेल कप्तान‌, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, करण केसी, सोमपाल कामी, कुशल भुर्तेल, ललितनारायण राजवंशी, भीम सार्की, सन्दीप जोरा, कुशल मल्ल, सन्दीप लामिछाने, ९श्याम०, गुलशन झा, आरिफ शेख र प्रतिश जिसी ।


Author

थप समाचार
x