क्रिकेट

एसीसी पुरुष प्रिमियर कपको खेल तालिका सार्वजनिक, नेपाल समूह ए मा

इकागज |
फागुन १३, २०८० आइतबार १५:३५ बजे

काठमाडौँ- एसीसी पुरुष प्रिमियर कपको खेल तालिका सार्वजनिक गरिएको छ । ओमानमा आगामी अप्रिल १२ देखि अप्रिल २१ सम्म हुने एसीसी प्रिमियर कप मा १० देशले भाग लिँदै छन् ।

जसमा समूह ए मा नेपालसहित हङकङ, मलेसिया, कतार र साउदी अरेबिया रहेका छन् । त्यसैगरी समूह बी मा युएई, ओमान, कुवेत, बहराइन र कम्बोडिया रहेका छन् ।


एसीसी प्रिमियर कपमा कम्बोडिया र साउदी अरेबिया एसीसी मेन्स च्यालेन्जर्स कपबाट छनौट भएर आएका हुन् भने अन्य ८ देश आईसीसी टी-२० वरीयताका आधारमा प्रिमियर कप खेल्ने भएका हुन् ।   

समूह ए मा रहेको नेपालले पहिलो खेल अप्रिल १२ मा मलेसियासँग खेल्ने भएको छ । त्यस्तै नेपालले दोस्रो खेल अप्रिल १३ मा कतारविरुद्ध खेल्नेछ भने तेस्रो खेल अप्रिल १५ मा हङकङविरुद्ध खेल्नेछ ।

त्यसैगरी नेपालले आफ्नो अन्तिम खेल अप्रिल १७ मा साउदी अरेबियाविरुद्ध खेल्नेछ ।

समूह चरणका खेलपछि दुवै समूहका शीर्ष २-२ देश सेमिफाइनलमा पुग्ने छन् । प्रतियोगिताको फाइनल खेल अप्रिल २१ मा हुनेछ । फाइनल खेलका लागि एक दिनको रिजर्भ डे समेत राखिएको एसीसीले जनाएको छ ।

एसीसी प्रिमियर कपको विजेताले २०२५ को एशिया कपमा छनौट हुनेछ ।

खेल तालिका:


Author

थप समाचार
x